गृहपृष्ठ Featured दाङमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै

दाङमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै

दाङ : दाङको तुलसीपुरमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै गएको छ । पिउने पानी, शौचालय र बस्ने व्यवस्थित ठाउँ नहुँदा सबैले सास्ती खेप्दै आएका छन ।

खेल खेल्नका लागि मात्र नभई कुनै पनि सार्वजनिक कार्यक्रम वा अन्य कार्यक्रम हुने ठाउँ हो यो अरनिको खेल मैदान । २०२८ सालमा खेलकुदको लागि बनाईएको यो मैदान हेर्दा अहिले बेवारिसे झै देखिन्छ ।

तुलसीपुर बजारको केन्द्रमा रहेको यो खुल्ला खेल मैदान सबैलाई पायक पर्ने गरी बनाईएको छ । खेल खेल्न होस वा हेर्न, घाम ताप्नको लागि मात्र नभई ठूला कार्यक्रम पनि यही मैदानमा हुने गर्दछन ।

तर, अहिलेसम्म यो मैदानको विकास तर्फ सम्बन्धित निकायले ध्यान नदिँदा बेवारीसे झै देखिएको स्थानीय बेदप्रकाश गिरीको गुनासो छ ।

स्थानीयको मात्र नभई खेलाडीहरूको पनि उस्तै–उस्तै गुनासो छ । मैदानमा खेल खेल्न आएपछि शौचालय, पिउने पानी नहुँदा बाहिर होटलमा जानु पर्ने बाध्यता वर्षोदेखि ज्यूकात्यूँ रहेको छ ।

पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको खेलाडी नविन केसीको आरोप छ ।

सम्बन्धित् समाचार