गृहपृष्ठ Featured कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

काठमाडौं : नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १० गतेभित्र वडादेखि महासमितिसम्मका अधिवेशनहरु हुने बताए।

‘अधिवेशन हुन बाँकी रहेका जिल्लाको हमा फागुन १३ गते र त्यसअघि फागुन १० गतेभित्र तल्लो तह, कतिपय वडा, पालिका र महासमितिसम्मका अधिवेशनहरु सम्पन्न हुनेछन्,’ संयोजक घिमिरेले भने।

उनले सकेसम्म १३ भित्रै अधिवेशन सम्पन्न गर्ने बताए। ‘काउन्टिङ गरेर ढिला भए फागुन १४ सम्म जाला। १५ गतेभित्र हामी सबै पक्रिया सकाउछौं,’ उनले भने।

पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी रहेको जिल्लाको हकमा मिति तोक्न निर्वाचन समितिलाई आग्रह गरेको थियो। १४औँ महाधिवेशनका बेला क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन। जसमा सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा अधिवेशन हुन बाँकी छ।

सम्बन्धित् समाचार