गृहपृष्ठ Featured कपिलवस्तुसहित देशभर २७ औं जनयुद्ध दिवस मनाईयो

कपिलवस्तुसहित देशभर २७ औं जनयुद्ध दिवस मनाईयो

कपिलवस्तु : आज २७औं जनयुद्ध दिवस, कपिलवस्तुसहित देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेकपा माओवादी केन्द्र कपिलवस्तुले २७ आंै जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजना प्रेस सेन्टर कपिलवस्तु सह आयोजनामा जिल्लाको गोरुसिङ्गेमा आयोजित उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले शहिदका सपना पुरा गर्न सबै लागि पर्नु पर्नेमा जोड दिएका छन् । जिल्ला ईन्चार्ज कमल चुदाँलीले नेपाली क्रान्तिको प्रतिक जनयुद्ध रहेकोले यसलाई भव्यताका साथ मनाउनुपर्ने बताउनुभयो ।

माओवादी आन्दोलनको सफलताले आजको यो परिवेश आएकोले शहिदहरु प्रति सधै सम्मान गर्नुपर्ने उहाँको भनाई छ । एक तहका सम्मेलनहरु सम्पन्न भएकोले र बाँकी रहेका अन्य सम्मेलनहरु अब पुरा गर्नुपर्ने बताउनुभयो । निर्वाचनलाई लक्षित गरेर अब पार्टीलाई चुस्तदुरुस्त बनाउँदै संगठन विस्तारमा लाग्न नेता कार्यक्रतालाई ईन्चाज चुदालीले निर्देशन समेत दिनुभयो । प्रदेश कमिटि सदस्य रुद्रलाल बन्जाडले जनयुद्धका उपलव्धिलाई संरक्षण गर्न सक्ने नसक्ने भन्ने विषय मुख्य चुनौती रहेको बताउनुभयो । पार्टीको विरुद्धमा राष्ट्रिय तथा अन्तराष्ट्रिय देखि नै प्रहार भइरहेकोले यसमा सजग हुनुपर्नेमा जोड दिनुभयो । जनयुद्धलाई स्मरणको रुपमा दिवस मनाएर मात्र नहुने जिकिर गर्दै माओवादीका एजेण्डालाई साम्राज्यवादीहरुले अन्त्य गर्न लागि परेको बताउनुभयो ।

प्रदेश कमिटि सदस्य उमा विकले माओवादी केन्द्रको एजेण्डलाई निस्तेज पार्न केहि तत्वहरु लागि परेकोले त्यसको सामाना गर्नुपर्ने बताउनुभयो । युद्धका क्रममा भएका घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गर्दै व्यक्तिगत स्वार्थको लागि नभई पार्टी र शहिदहरुको सपनालाई साकार पर्न सबै पार्टी पंक्ति लागिपर्नुपर्ने बताउनुभयो । प्रेस सेन्टरका जिल्ला ईन्चार्ज डिलाराम भुसालले शहिदका सपनाहरु अझै धेरै वाकि रहेकोेले ती सपनाहरु पुरा गर्नुपर्ने बताउनुभयो ।

आगामि दिनमा शहिद परिवारलाई सम्मान तथा मनोवल उठाउने खालका कार्यक्रम जिल्ला स्तर बाट हुनुपर्ने उहाँको भनाई छ । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला अध्यक्ष विष्णु शाहको अध्यक्षता रहेको कार्यक्रममा प्रेस सेन्टर कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्बासेको स्वागत तथा नेकपा माओवादी केन्द्र कपिलवस्तुका कार्यलय सचिव सरोज खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका सबै नगर तथा वडाका ईन्र्चाज लगायत डेढ सय बढि नेता कार्यर्कताको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार