ओमानमा जारी चारदेशीय टी–२० सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले आज आयरल्यान्डको सामना गर्दै छ। नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः४५ मा सुरु हुनेछ।
सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स ९युएई०सँग २५ रनले पराजित भएको थियो।
यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो। आयरल्यान्डसँगको खेलसँगै नेपालको आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ‘ए’को सम्पूर्ण तयारी पूरा हुनेछ। -रासस








