कपिलवस्तु : लायन्स क्लव अफ नेपालको १० औ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । शनिबार भोलि चितवनको भरतपुरमा अवस्थित नारायणी रिसोर्टमा १० औ राष्ट्रिय महाधिवेशन हुन लागेको हो । मानवीय सेवाका क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लव अफ कपिलवस्तुबाट अध्यक्ष धातानन्द भूसालसहित ४ जना पदाधिकारी उक्त १० औ राष्ट्रिय महाधिवेशनमा सहभागि हुनुहुने भएको छ । क्लवको हालै सम्पन्न बैठकले क्लवका अध्यक्ष धातानन्द भूसाल, पूर्वअध्यक्ष सुरेन्द्र घिमिरे, उपाध्यक्ष राम बहादुर पौडेल र कोषाध्यक्ष नवदत्त घिमिरे सहभागि हुनु हुने निर्णय गरेको हो ।
यस्तै बैठकले फागुन १४ गते शनिबार ब्याटमिन्टन प्रतियोगिता र फागुन २० गते शुक्रबार माध्यमिक स्तरको नगरस्तरिय लायन्स हाजिरिजवाफ प्रतियोगिता संचालन गर्ने निर्णय गरेको अध्यक्ष भूसालले जानकारी दिनुभएको छ । प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष भूसालले अब आउने लायन्सको राष्ट्रिय नेतृत्व लुम्बिनी प्रदेशबाट नै आउने भएकाले यस क्षेत्रमा मानवीय तथा सामाजिक कार्यप्रति क्लव अझ क्रियाशिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।








