भगवती न्यौपाने (कपिलवस्तु) : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको दिगो तथा सम्मानित रोजगारिका लागि सीप परियोजना १ महिने तालिम सकिएको छ । प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्षण गणेशबाहादुर क्षेत्रीले सामाजिक–आर्थिक रुपान्तरणका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने बताउदै यस्ता सिप विकास अपरिहार्य भएको बताउनु भयो । सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न उहाँले युवाहरुलाइ आग्रह गर्नु भयो ।
दिगो तथा सम्मानित रोजगारिका लागि सिप इन्सीयर परियोजनाको आर्थिक सहयोग, जयन टेक्निकल बुटवल कलेज अफ टेक्नोलोजि प्रा।लि र कपिलवस्तु उद्योग वाणिज्य बाणिज्य संघको आयोजनामा भएको तालिममा कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष छवि रेश्मी मगरले युवावर्गलाई लाभदायी हुने यस्ता तालिमले रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो ।
उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष दोलखराम घिमिरेको अध्यक्ष्यता, कार्यक्रम संयोजक टेकबाहादुर पन्थीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन तालिम संयोजक हेमन्त शाही ठकुरीले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका सदस्य दामोदर पन्थी लगायत तालिम सिकेका युवाहरुको सहभागिता रहेको थियो । रेफ्रिजेरेसन मर्मत ए।सी फिटिङ्ग र थ्रि फेज वायरिङ्ग तालिममा ८० जना युवाहरुको सहभागिता रहेको थियो ।
जसमा थ्रि फेज वायरिङ्गमा ४० जना, ए।सी फिटिङ्गमा २०जना र रेफ्रिजेरेसन मर्मतमा २० जना रहका थिए । तालिम वडा नम्बर २ पिपरा, बोड्गाउ र बन्गाई गरि तिन ठाउँमा भएको थियो । खास गरि तालिमा कोरोना माहामारिकोे बेला रोजगार गुमाएका युवाहरुलाई दिइएको थियो ।







