गृहपृष्ठ Featured अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले बनायो जेब्रा क्रसिङ

अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले बनायो जेब्रा क्रसिङ

कपिलवस्तु : अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले सिद्धार्थ क्याम्पस अगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाउनु पर्ने आवश्यकतालाई मध्येनजर गरि सडकमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

धेरै भिडभाडका कारण सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको सिद्धार्थ क्याम्पस चौकमा जेब्रा क्रसिङ बनाएको अनेरास्ववियु कपिलवस्तुका संयोजक दयाराम पौडेलले बताउनुभयो।

अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरीले विद्यालय, बजार क्षेत्र र धेरै भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सडक डिभिजन कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको बताए।

गिरीले जिल्लामा रहेको स्थानीय तहहरुको मुख्य बजारमा रहेको चोक चोकमा र राजमार्गमा पर्ने विभिन्न चोकमा जेब्रा क्रसिङ निर्माण गर्न सडक डिभिजन कार्यालयलाई ध्यान दिन जरुरी रहेको स्पष्ट पारे ।

त्यसै गरी स्ववियु सचिव तथा अनेरास्ववियु सचिवालय सदस्य दिनेश चौधरीले जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउनु पर्ने बताए । ट्राफिक प्रहरीलाई योजना ल्याउनु पर्ने उनले जनाए ।

कार्यक्रममा निजामती कर्मचारी कपिलवस्तुका अध्यक्ष प्रकाश गौतम, अनेरास्ववियु युवा नेता सौरभ भण्डारी, सागर बन्जाडे, अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटी उपाध्यक्ष केशव खनाल,अनेरास्ववियुका युवा नेता सन्दिप आचार्य ,विकास भुषाल,युवा तथा सामाजिक अभियन्ता असिम भट्टराई ,मधुसूदन भुषाल, अस्थाई ट्राफिक पोष्ट पिपराका प्रमुख नारद कार्की लगायतले विद्यार्थीले उदाहरणीय कार्य गरेको बताएका थिए ।

सम्बन्धित् समाचार