कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वार्ड ३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदयबहादुर टण्डनको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटिया मा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टण्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको थियो ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले तिलकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।








