काठमाडौँ : प्रतिनिधिसभाको बैठकले एमसीसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको एमसीसीमाथिको १२ बुँदे व्याख्यात्मक घोषणा सदनको बहुमतले स्वीकृत गरेको हो।
यसअघि संसद् भवन परिसरमै राखिएको मन्त्रिपरिषद्को बैठकले एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो।








