गृहपृष्ठ Featured माधव नेपाल भन्छन्- ‘व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता’

माधव नेपाल भन्छन्- ‘व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता’

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ ।

‘त्यसले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ’ अध्यक्ष माधवकुमार नेपालले विज्ञप्तिमा भनेका छन् ।

सम्बन्धित् समाचार