गृहपृष्ठ Featured सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुरधाम : सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गौरीशंकरबाट बयलबासतर्फ जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई ईश्वरपुर नगरपालिका(१३ स्थित अमुवा खोलाको पुलबाट ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुलको दाहिने साइडमा ठक्कर दिएर पुलबाट ५ मिटर तल खस्दा मोटरसाइकल चालक महोत्तरीको औरही नगरपालिका(१ बस्ने ३२ बर्षीय चन्दनकुमार साह र पछाडि सवार सर्लाहीको कविलासी नगरपालिका-२ पिपरिया बस्ने २५ बर्षीय रामविश्वास मण्डलको मृत्यु भएको भएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

दुबैको घटनास्थलमै मृत्यु भएको र शवलाई अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार