बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथिहरूको लागि अतिथि गृह र सभाहल निर्माण गरेको छ। नगरपालिकाले वडा नं। ९ केवलानीमा १६ कोठाको अतिथि गृह र सभाहल निर्माण गरेको हो।
हाल सभा हलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
अहिले पनि कोरोना संक्रमणको जोखिम यथावत् रहेकोले अस्थायी कोरोना अस्पताल तथा स्वास्थ्यकर्मीहरूको आवास व्यवस्थापन गरिएको घिमिरेले बताए।
दुई करोड २२ लाख रुपैयाँको लागतमा अतिथि गृह र १ करोड ५७ लाख रुपैयाँको लागतमा सभाहल निर्माण गरिएको नगरपालिकाका योजना प्रमुख प्रदीप वनले जानकारी दिए।
दुई विगाह क्षेत्रमा निर्माण गरिएको अतिथि गृह र सभाहलको बुधबार उद्घाटन समेत गरिएको छ।








