काठमाडौँ : नेपालमा २४ घण्टामा ८ हजार ९३३ परीक्षण हुँदा १२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार देशभर ७ हजार ९१ पीसीआर परीक्षणमा १११ र १ हजार ८४२ एन्टिजेन परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको हो ।
२४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ भने ३८५ जना निको भएका छन् । सोही अवधिमा३७ हजार १९२ जनाले खोप लगाएका छन् ।
शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको छ ।








