गृहपृष्ठ Featured बाणगंगामा आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या

बाणगंगामा आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् ।

छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि प्रकाउ गरेको जनाईएको छ ।

उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खाजेको खुल्न आएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । उनले घटनाबारे थप अनुसन्धान भईरहेको बताएका छन ।

सम्बन्धित् समाचार