गृहपृष्ठ खबर बाणगंगा १० को कालिका सामुदायिक बनको अध्यक्षमा सुनिता गुभाजु चयन

बाणगंगा १० को कालिका सामुदायिक बनको अध्यक्षमा सुनिता गुभाजु चयन

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा १० पटनामा रहेको कालिका समुदायिक बनको अध्यक्ष सुनिता गुभाजु बिजयी हुनु भएको छ । बनको आज भएको नवौँ साधारण सभा तथा चौथौ अधिवेशनबाट सुनिता गुभाजु अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

त्यस्तै उपाध्यक्षमा फुलमति चौधरी, सचिवमा भगवति गाहा, सहसचिवमा नाथु थारु, कोषाध्यक्षमा जुन कुमारी सोमै चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा बसन्ती गाहा , थम्मन सिहं दर्लामी, प्रभावति थारु, छेदि थारु, श्याम कुवँर, र कृष्ण घर्ति मगर चयन हुनु भएको हो ।

सम्बन्धित् समाचार