गृहपृष्ठ Featured नेकपा एमाले बुद्धभूमि नगर कमिटीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

नेकपा एमाले बुद्धभूमि नगर कमिटीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सागर वि.क.(वैखरी अनलाईन) : नेकपा एमाले बुद्धभूमि नगर कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ आयोजित रक्तदान कार्यक्रम रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आज आईतबार हनुमान चोक बुड्ढीमा सम्पन्न भएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले बुद्धभूमि नगर कमिटीले जनाएको छ । रक्तदान कार्यक्रममा एक सय १६ जनाले रक्तदान गरेका नेकपा एमाले वडा नं.५ का वडा कमिटि अध्यक्ष रोम बहादुर थापाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा एक सय १६ पोईन्ट रगत संकलन भएको थापाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज बलराम अधिकारीले कोरोना संक्रमणको यो अवस्थामा रगतको कमी हुने र त्यो अवस्थालाई यसले परिपुर्ति गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बुद्धभूमि नगर कमिटी अध्यक्ष देवी प्रसाद बेल्वासेले रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संयोजकका रुपमा रुपेश कुमार श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रमको संचालन सचिव धु्रब न्यौपानेले गर्नुभएको हो ।

सम्बन्धित् समाचार