गृहपृष्ठ Featured १२ औँ कपिलवस्तु महोत्सवमा मनिषा कोइराला पनि आउदैँ, अरु कलाकार को को?

१२ औँ कपिलवस्तु महोत्सवमा मनिषा कोइराला पनि आउदैँ, अरु कलाकार को को?

वैखरी अनलाइन
१२ औँ कपिलवस्तु महोत्सवमा चर्चीत भारतीय तथा नेपाली नायिका मनिषा कोइराला आउने भएकी छन । चैत्र ३ गते देखि १३ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा हुने महोत्सवमा उनी आउने भएकी हुन । मनिषा कोइरालाको आगमनले महोत्सव सफल पार्न ठुलो सहयोग पुग्ने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । उनी महोत्सवमा आई सम्बोधन गर्ने कार्यक्रम तय भएको घिमिरेको भनाई छ ।

मनिषा कोइरालासगै १२ औँ कपिलवस्तु महोत्सवमा शिव परियार, प्रमोद खरेल, प्रकाश सपुत, पशुपति शर्मा, खुमन अधिकारी , बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत अन्य २ दर्जन बढि कलाकार आउने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले बताए ।

साथै महोत्सवको तयारी ७५ प्रतिशत सकिएको महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताए । महोत्सव एतिहासिक बनाउन नयापनको प्रयोग समेत गरिएको उनले बताए । महोत्सव सफल पार्न सरोकारवाला सबैले आआफनो ठाउबाट भुमिका खेल्न समेत उनले आग्रह गरेका छन ।

सम्बन्धित् समाचार