गृहपृष्ठ Featured गठबन्धन कांग्रेसको चाहना होइन : नेता सिंह

गठबन्धन कांग्रेसको चाहना होइन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओलीले पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन्। शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर १० ले कीर्तिपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गठबन्धन कांग्रेसको चाहना नभई समयको माग र मुलुकको आवश्यकताका आधारमा निर्माण भएको उनले बताए। स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने विषयमा कार्यकर्ता तथा शुभचिन्तकहरूको सुझावका आधारमा केन्द्रीय समितिले आधिकारिक निर्णय गर्ने उनले स्पष्ट पारेका छन्।

कम्युनिस्टहरू भ्रमको खेती गर्न सिपालु रहेको आरोप लगाउँदै नेता सिंहले कांग्रेसको अगुवाइमा भएका कामबारे प्रचार गरी मत माग्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

विगतका अनुभवबाट पाठ सिकेर यसपटक समयमा नै विधिसम्मत रूपमा उम्मेदवार तय गरेर पार्टी अघि बढ्नुपर्ने उनको धारणा छ।

सम्बन्धित् समाचार