कपिलवस्तु : कांग्रेस केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि अब्दुल रज्जकले आउने बैशाख ३० गते हुने स्थानीत तहको निर्वाचनमा कांग्रेस १ नम्बरको पार्टी बन्ने दाबी गरेका छन । उनले कांग्रेसले देशभरी शानदान जीतका साथ एक नम्बर पार्टी हुने बताए । ‘घर घर जाऔ, कांग्रेस जिताउ’ अभियानलाई तीब्रता दिन कांग्रेसको तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित प्रतिनिधिमुलक बैठकमा उनले पालिको निर्वाचनमा कांग्रेसको महुमत आउने दाबी गरेका छन ।
आउने निर्वाचनमा कांग्रेसलाई बलिया बनाउन सबै एकबद्ध हुनु पर्ने बताए । उनले दुई तिहाको ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक काम र भ्रष्ट्राचारमा देश डुब्न लागे पछि कांग्रेसले संबिधानको रक्षाकालागि सरकारको नेतृत्व लिएको बताए । उनले एमसिसि बारे जनतामा रहेको भ्रम चिर्न र कांग्रेसले गरेका राम्रा कामहरुको प्रचार र ओली नेतृत्वले गरको भ्रष्ट्रारका काम बारे जनतालाई अवगत गराउनु पर्ने बताए । सो अवसरमा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र आचार्यले उनले कांग्रेस एकबद्ध भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । उनले टिकटका बिषयमा पार्टीलाई बिवादमा ल्याउने काम कसैले गर्न हुने बताए । उनले राम्रो उम्मेदवारलाई छान्ने बिषयमा आफनो प्रतिबेदनमा नाम उल्लेख गर्न आग्रह गरे । जनतामा एमसिसि बारे रहेको गलत प्रचारको सही जवाफ दिनु पर्ने बताए ।
बैठकले वडामा टोल समिति गठनमा तीब्रता दिनु पर्ने, नगर र गाउ पालिका समितका अध्यक्षसंग जिल्ला र प्रदेशबाट खटिएका प्रतिनिधिहरुसंग समन्वय गरी बैठक भेला गराउन् पर्ने र घर घर जाउ कांगैस जिताउ आभियानलाई तीब्रता दिनु पर्ने र एमसिसि बारे रहेको भ्रम चिर्ने किसिमले कार्यक्रम संचालन गर्नु पर्ने निर्णय भएको पार्टीका जिल्ला प्रबक्ता ईश्वरी प्रसाद पाण्डेयले बताए ।
पार्टीका जिल्ला उपाध्यक्ष हुमकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमाल, पार्टीका पुर्व जिल्ला सभापति राजशे आचार्य, पार्टीका प्रदेश सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेश सभापतिहरु, जिल्लान समितिका पदाधिकारी र सदस्यहरु पार्टीका पालिका प्रमुखहरुको सहभागीता थियो ।








