गृहपृष्ठ Featured तेक्वान्दोको राष्ट्रिय च्याम्पियनसिप हुँदै

तेक्वान्दोको राष्ट्रिय च्याम्पियनसिप हुँदै

काठमाडौं : नेपाल तेक्वान्दो संघले करिव तीन वर्षपछि राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । फागुनमा स्थानीय तहदेखि प्रदेशसम्मका छनोट प्रतियोगिता सम्पन्न भएपछि १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चैत १८ र १९ गते ललितपुरमा आयोजना हुन लागेको हो ।

२०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदका क्रममा १६औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।

तेक्वान्दो संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा दुई वर्षदेखि राष्ट्रिय टोलीको प्रशिक्षण नभएका कारण आसन्न ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिम तयार गर्न च्यामिपयनसिप आयोजना गरिएको जानकारी दिएको छ ।

आगामी सेप्टेम्बरमा चीनमा एसियाली खेलकुद हुँदैछ भने अर्को वर्ष पाकिस्तानमा १४औं दक्षिण एसियाली खेलकुद हुने तालिका छ ।

सम्बन्धित् समाचार