गृहपृष्ठ Featured गुल्मीको एक विद्यालयको नयाँ भवन निर्माण कार्य अलपत्र, विद्यार्थी चौरमा

गुल्मीको एक विद्यालयको नयाँ भवन निर्माण कार्य अलपत्र, विद्यार्थी चौरमा

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीस्थित देउराली निमाविको नयाँ भवन निर्माणकार्य अलपत्र हुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । कक्षाकोठाको अभाव भएपछि कक्षा एकदेखि तीनसम्मका विद्यार्थीलाई खुला चौरमा पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार विद्यालयमा कक्षा एकदेखि आठसम्म गरेर जम्मा एक सय २८ विद्यार्थी छन् ।

वि.सं. ०१८ मा स्थापना भएको देउराली निमावि दोहलीको सबैभन्दा पुरानो प्राथमिक विद्यालय हो । विद्यार्थीको चाप र जीर्ण भवनमा पठनपाठनमा निकै मुस्किल परेपछि ०७१ सालमा शान्ति मन्त्रालयबाट क्रमागत रूपमा १२ लाखको नयाँ दुईकोठे भवनका लागि योजना प¥यो ।

अभिभावकले स्थानीय स्रोत थप्ने गरी तीनकोठे भवनको प्रस्ताव गरे । सुरुको दुई वर्ष तीन–तीन लाखका दरले बजेट आए पनि भवन निर्माणको काम भने पूरा नभएको प्रध्यानाध्यापक रिजालले बताए ।

सम्बन्धित् समाचार