गृहपृष्ठ Featured थप २४ जनामा कोरोना संक्रमण पुष्टि

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ जनामा संक्रमण पुष्टि भएको हो।

पाँच हजार पाँच सय ८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। तीन हजार २७८ जनाको पिसिआर र दुई हजार तीन सय९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर आठ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा ५१ जना संक्रमित निको भएका छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

सम्बन्धित् समाचार