गृहपृष्ठ Featured कांग्रेसको नेतृत्वमा कपिलवस्तुमा गठबन्धन पहिलो पार्टी बन्छ ः कलाम

कांग्रेसको नेतृत्वमा कपिलवस्तुमा गठबन्धन पहिलो पार्टी बन्छ ः कलाम

वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम खाँले कांग्रेसको नेतृत्वमा गठबन्धन पहिलो पार्टी बन्ने बताएका छन । आशन्न स्थानिय तहको चुनावमा कांग्रेसको नेतृत्व कपिलवस्तुमा गठबन्धन पहिलो पार्टी बन्ने सभापति कलामले बताएका हुन ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकमा बोल्दै कपिलवस्तुका १० पालिकामानै गठबन्धन बिजयी हुने बताउदैँ सबै नेता तथा कार्यकर्तालाई चुनावी प्रचार प्रसार अभियानमा लाग्न आग्रह गरेका छन ।

सो अवसरमा बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । बैठकले पार्टी सभापति कलाम संयोजक रहने गरी संसदीय समिति बनाउनुका साथै पत्रकार खग प्रसाद चापागाई संयोजक रहने गरी मिडिया डेक्स गठन गरेको नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिहं ठकुरीले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार