गृहपृष्ठ Featured नवलपरासी पूर्वमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा २६ घाइते

नवलपरासी पूर्वमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा २६ घाइते

नवलपरासी : नवलपरासी पूर्वमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा २६ जना घाइते भएका छन्। बिहीबार बिहान साढे १० बजे विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिरनजिकै पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ८७५९ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख ८४० नम्बरको ट्रक ठोक्किएका हुन्।दुर्घटना हुँदा बस चालकसहित बसमा सवार यात्रुहरूमध्ये ३ जना गम्भीर छन्। ९ जना मध्यम अवस्थाका र १४ जना सामान्य घाइते रहेको पाठकले बताए।

घाइतेहरू १० जनाको मेडिकल कलेज भरतपुर र अन्य १६ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा भइरहेको छ। दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको पाठकले बताए।

सम्बन्धित् समाचार