काठमाडौँ : स्थानीय तह निर्वाचनमा सिट बाँटफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन सकिएको छ ।
बैठक आजै फेरि बस्ने गरी स्थगित भएको नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले महानगर र उपमहानगरहरुमा भागबन्डा मिलाउने भनिएको थियो ।
आइतबार बसेको बैठक पनि निष्कर्षविहीन टुंगिएको थियो ।








