कपिलवस्तु : कपिलवस्तुको २ पालिकामा मानसिक स्वास्थ्य परियोजना सचालन गरिएको छ । युएनएमको सहयोगमा दलित सामाजिक विकास केन्द्रको अगुवाईमा मायादेबी र यशोधरा गाउपालिकामा मानसिक स्वास्थ्य समस्याको रोकथाम र ब्यवस्थापनमा सथनीय क्षमता अभिबृद्धि परियोजना संचालन गरिएको हो । परियोजनाका बिषयमा तौलिहवा आयोजित परिचयात्मक कार्यक्रममा सो जानकारी गराइएको हो । परियोजना संयोजक निर्मला सिंहले १० हजार ५५७ जना लावांति हुन अनुमान गरिएको बताईन । उनले परियोजनाले खासगरी बौद्धिक र मनो सामाजिक अपांगता भएकाहरुलाई लीषत गरी कार्यक्रम अघि बढाइएको उनले बताईन ।
युुएमएनले सन २०१७ मा गरको अध्यययन अनुसार अपांगता भएका ब्यक्तिहरुको ५ प्रतिशत मात्र पुर्न स्थापना गरिएको र ४० प्रतिशत बढी सामुदायिक क्रियाकलापबाट बंचित रहेको भेटिएको थियो । मनोसामाजिक समस्याबाट ग्रसित रहेकोहरुलाई परामर्श सहित उपचारको सेवाको पहुच बढाउन यो परियोजना संचालन गरिएको हो । उनले मनोसामाजिक समस्यालाई न्युनकरणकालागि परामर्श सेवा दिनेर आवश्यक उपचारकालागि समेत छनौट गर्ने गरी कार्यक्रम अघि बढाइएको सिंहले बताईन । लाभग्राहीको क्षमता अभिबृद्धि र समुदायमा अर्थपुर्ण सहभागीताकालागि यो परियोजना सहयोग हुनेछ ।
सो अवसरमा यशोधरा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र मिश्राले यो परियोनालाई सरकारी तथ्यांकसंग जोडने गरी काम अघि बढाउनु पर्ने बताए । उनले आफना पालिकामा समेत मनोसामाजिक समस्या भएका धेरै मानिसहरु रहेकोले उनीहरुलाई परामर्श र उपचारको सेवा आवश्यक रहेको उनले बताए ।
यस्तै मायादेबी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले कोरोना पछि देश मै मानसिक रोगीहरुको संख्या बढेको भन्दै यसलाइृ दीर्घकालीनरुपमा अघि बढाउनु पर्ने बताए ।







