गृहपृष्ठ Featured अटेरी अभियानका गनेश पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेदवारी

अटेरी अभियानका गनेश पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेदवारी

अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन्।

उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए । स्थानीय तहमा दलीयभन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए।

‘यसमा युवाहरूको पनि चासो बढी रहेको छ। जित लगभग सुनिश्चितजस्तै छ,’ उनले भने। हालसम्म पोखरामा मेयर पदसहित १७ जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

सम्बन्धित् समाचार