नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको चार पालिकामा उम्मेदवारको टुङगो लगाएको छ । जिल्ला कार्य सम्पादन समीतीको वैठकले जिल्लाका चार ओटा गांउपालीकामा उम्मेदवारको टुङगो लगाएको हो ।
कांग्रेसले यसोधरा गांउपालीकाको अध्यक्षमा अनुप पाण्डे , उपाध्यक्षमा प्रेम लता भटृ ,सुद्धोधन गांउपालीकाको अध्यक्षमा रामनयन यादव , उपाध्यक्षमा सुधादेवी पाण्डेय , मायादेवी गांउपालीकाको अध्यक्ष पदमा वलीउद्धीन मुस्लामान , उपाध्यक्षमा सरस्वती यादव विजयनंगर गाउपालीकाको अध्यक्ष पदमा रफिक मुस्लमान र उपाध्यक्षमा निसा थारुलाई उम्मेदावर वनाएको जिल्ला सचिव शक्ति सिहं ठकुरीले जानकारी दिनुभयो । जिल्लाको अन्य पालीकाको उम्मेदावरहरुको अन्तीम टुङगो लगाउनको लागी लुम्विनी प्रदेश समीतीमा छलफल भईरहेको छ ।








