काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी–२० खेलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल एक्सन स्पोर्ट्सले टेलिभिजन लाइभको अधिकार पाएको छ भने ओएसआरले डिजिटल राइट्स पाएको छ । क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको थियो ।
नेपाली टिममा बिनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । यस्तै, ज्ञानेन्द्र मल्ललाई विश्राम दिइएको छ । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने जनाएको छ ।
नेपालले जिम्बावे ‘ए’सँग तीन ५० ओभरको र तीन टी–२० खेल खेल्ने छ । ५० ओभरको सिरिज १७ देखि २१ वैशाखसम्म चल्ने छ । यस्तै टी–२० सिरिज २३ देखि २६ वैशाखसम्म हुने छ ।
नेपाली टिम
सन्दीप लामिछानेको (कप्तान) दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहोरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब, सुनिल धमला








