गृहपृष्ठ Featured स्थानिय तहको चुनावका लागी बाणगंगामा तात्यो कांग्रेस, घरदैलो सुरु

स्थानिय तहको चुनावका लागी बाणगंगामा तात्यो कांग्रेस, घरदैलो सुरु

वैखरी अनलाइन
स्थानिय तहको चुनाव नजिकिएसगैँ नेपाली कांग्रेस आफनो पक्षमा माहोल बनाउन बाणगंगा तात्न थालेको छ । बाणगंगा नगरपालिकाका ११ वटा वडामध्य ९ वटा वडामा कांग्रेसले आजबाट घरदैलो सुरु गरेको हो ।

उता बाकी २ वटा वडा ६ र ९ मा बिहिबारबाट घरदैलो सुरु गर्ने बाणगंगा नगर सभापति तथा प्रचार प्रसार समितिका संयोजक बिष्णु थापाले बताए ।

जस अनुसार वडा बिकासका लागी उम्मेद्धवार घोषणा पत्र र शुभकामना पत्र लिएर उमेदवारहरु घरदैलो गरी रहेका हुन । यसैबिच बाणगंगा नगरपालिका वडा नः ८ ले पनि घरदैलो सुरु गरेको छ ।

कांग्रेसबाट वडाध्यक्ष पदमा उठेका कृष्ण प्रसाद पोखरेललाई जिताउन पार्टी नेता तथा कार्यकर्ताले घरदैलो सुरु गरेका हुन । सो अवसरमा बाणगंगा ८ का राजन बेल्बासे नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाल बिद्यार्थी सघंका नेता मिन थापाले जानकारी दिए ।  उता वडा नः १० राम नक्षत्र थारुलाई जिताउन आज मोटरसाइकल ¥याली निकालिएको छ । ।

सम्बन्धित् समाचार