कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शिवराज नगरपालिका वडा नं. ७ मा चुनाव प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बीच उक्त कार्यालयको उद्घाटन गरिएको राप्रपा कपिलवस्तुले जनाएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको निति तथा सिद्धान्त राष्ट्र जोगाउने भएको दाबी गरेका थिए ।
उक्त पार्टी कार्यालय उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाह, राप्रपा शिवराजका नेता तथा शिवराज नगर प्रमुख उम्मेदवार अजय थापा एवम राप्रपा शिवराजका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेश सचिव राजन अधिकारी,शिवराज उपप्रमुख उम्मेदवार बिपाशा चौधरी, वाड नं ५ को उम्मेदवार सन्तोष चौधरी, ६ को उम्मेदवार अनिल चौधरी र ७ उम्मेदवार हरी नारायण यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।







