कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा नेपाली कांग्रेसले चुनावी माहोल बनाउन घरदैलो सुरु गरेको छ । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई केन्द्रित गर्दै कांग्रेसले घरदैलो सुरु गरेको हो ।

बाणगंगा १ को वैरीया क्षेत्रमा वडाध्यक्षका उम्मेदवार सञ्जु सारु मगरसहित वडाका जिल्ला नेताहरु डोलकराम घिमिरे, बिरेन्द्र श्रेष्ठ, बाल कुमारी अधिकारी पन्त, राम हरि नेपाल, राम जी श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरु घरदैलोमा लागेका हुन ।

बाणगंगा १ मा २०७४ सालको स्थानिय तहको चुनावमा पनि नेपाली कांग्रेस बिजयी भएको थियो ।

यसैबिच
नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नम्बर १ का उम्मेदवार सञ्जु कुमार सारु मगरले आफु वडाध्यक्ष भए सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन । वडास्तरको तिव्र बिकास गर्न लागी सेवामुखी पदमा बसेर सरकारी तलब भत्ता लिनु उपयुक्त नहुने भएकाले सारु मगरले यस्तो घोषणा गरेका हुन ।
उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन ।
सारुले निबर्तमान वडासदस्य समेत रहदा पनि आफुले पाएको सरकारी तलब भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । सारुले २०७४ सालको स्थानिय तहको चुनावमा सबैभन्दा बढि मत ल्याएर वडा सदस्य पदमा बिजयी भएका थिए ।
नेपाली कांग्रेसले सारु मगरलाई वडाध्यक्ष पदमा उठाएको छ भने सदस्यहहरुमा सिता सुनार, टोपकला बिसि, राज कुमार थारु र लक्ष्मी बहादुर खत्रीलाई सदस्य पदमा उठाएको छ ।








