गृहपृष्ठ Featured पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु

पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु

पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु  भएको छ । तिनाउ गाउँपालिका वाड नं.३ ड्यामस्थित खोलामा पौडी खेल्न क्रममा डुबेर भारतीय नागरिक मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पौडी खेल्ने क्रममा भारतको गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित श्रीवास्तवको मृत्यु भएको हो ।

श्रीवास्तवको डुब्नासाथ उद्धार गरे प्रादेशिक अस्पताल बुटवलमा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ  ।

सम्बन्धित् समाचार