हैदरवाद : भारतमा जारी आइपीएलमा चेन्नईले तेस्रो जित दर्ता गरेको छ। महेन्द्र सिंह धोनीले कप्तानीमा ‘कमब्याक’ गरेसँगै चेन्नईले हैदरवादविरुद्ध १३ रनको जित निकालेको हो।
हैदरवाबादसँग टस हारेर ब्याटिङको निम्बो पाएको चेन्नईले निर्धारित ओभरको खेलमा दुई विकेट गुमाएर २०२ रन बनाएको थियो।
चेन्नईका लागि रुतुराजले ९९ रन बनाएका थिए। ५७औं बल खेल्ने क्रममा उनी क्याच आउट भएका थिए। त्यस्तै देभोन कोनवेले अविजित ८५ रन बनाए। कप्ता धोनी ७ बल खेलेर ८ रन आउट भएका थिए। रविन्द्र जडेजाले १ बलमा १ रन बनाएका थिए।
२०३ रनको विजय लक्ष्य पाएको हैदरवादले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८९ रनमात्र बनाउन सक्यो। हैदरवादका लागि निकोलसले सर्वाधिक ६४ रन बनाएका थिए।
९ खेलमा ३ खेल विजयी भएको चेन्नई ६ अंकसहित नवौं स्थानमा छ। मुम्बई भने २ अंकसहित पुच्छारमा रहेको छ।








