गृहपृष्ठ Featured भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या १ हजार ३६९ पुग्यो

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या १ हजार ३६९ पुग्यो

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६९ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ५ हजार १३२ जना अझै सम्पर्कबिहीन छन् ।

सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न ३४ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् ।

विभिन्न १९ वटा अस्पतालमा ३३३ जना घाइतेहरूको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । विपद्पछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा १५० जनाभन्दा बढी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ ।

नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरुको उद्धार प्रयास भैरहेको छ ।

सम्बन्धित् समाचार