गृहपृष्ठ Featured आफताब आलमलाई थुनामै राख्न सर्वोच्चको आदेश

आफताब आलमलाई थुनामै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामै राख्न आदेश दिएको हो। आलमले आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउ भन्दै निवेदन दर्ता गराएका थिए । यसअघि जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका थिए । संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो।

सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए ।

सम्बन्धित् समाचार