गृहपृष्ठ Featured कपिलवस्तुमा मत परिणाम आउन एक हप्तासम्म लाग्ने

कपिलवस्तुमा मत परिणाम आउन एक हप्तासम्म लाग्ने

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुमा मतगणनाको परिणाम आउन एक हप्ता सम्म लाग्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानुराम पन्थीले मतदान भएका कपिलवस्तुका ९ पालिकामा मत परिणाम आउन बढीमा एक हप्ता लाग्ने जानकारी दिए ।

अहिले जिल्लाका केही स्थानबाट वडागत रुपमा मतपरिणाम आउने क्रम जारी रहेको उनले बताए । अहिले मतदान भएका सबै स्थानमा मतगणना जारी छ ।

उनले भने, ‘अहिले १/२ स्थानबाट मतपरिणाम आउने क्रम जारी छ । यसरी जिल्लाको समग्र मतपरिणाम आउन बढीमा एक हप्ता लाग्छ ।’

अहिलेसम्म जिल्लाको कपिलवस्तु र शिवराज नगरपालिकाका एक/एक वडा र विजयनगर गाउँपालिकाको एक वडाबाट मत परिणाम आईसकेको छ ।

सम्बन्धित् समाचार