गृहपृष्ठ Featured शिवराजका नवनिर्वाचित मेयर थापाले कार्यकक्षमा राखे पृथ्वीनारायण शाहको तस्बिर

शिवराजका नवनिर्वाचित मेयर थापाले कार्यकक्षमा राखे पृथ्वीनारायण शाहको तस्बिर

कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जितेको स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्बिर राखिने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दलले जितेका स्थानीय तहमा शाहको तस्बिर राखिने जानकारी दिए ।

राप्रपाको नीति अनुसार नै शिवराज नगरपालिकाका मेयर अजय थापाले कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनी कपिलवस्तुको शिवराजमा निर्वाचित भएका हुन् । युवावस्थाका थापा चुनाव जितेर चर्चामा आएका छन् ।

थापा दौरा सुरुवाल र नेपाली टोपी लगाएर कार्यकक्षमा प्रवेश गरेका छन् ।

सम्बन्धित् समाचार