वैखरी अनलाईन : बाणगंगा नगरपालिका वडा नं. १० मा ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । वडाको आयोजनामा सुरु भएको उक्त तालिमको वडाध्यक्ष यम प्रसाद पोख्रेलले गर्नुभएको हो । तालिमको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पोख्रेलले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उर्तान आग्रह गर्नूभयो । समाजका हरेक क्षेत्रमा नेतृत्वको आवश्यकता पर्र्ने बताउँदै उहाँले उक्त नेतृत्व हासिल गर्न स्वयम् व्यक्त अग्रसर हुनुपर्ने बताउनुभयो ।
आफुले तालिममा सिकेका ज्ञानलाई घरपरिवारका अन्य सदस्यहरुलाई पनि सिकाउन उहाँले तालिममा सहभागि बालबालिकालाई आग्रह समेत गर्नुभयो । वडाले समाजका हरेक क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई समुचित ढङ्गबाट भाविष्यको लागी आवश्यक पर्ने ज्ञान सिप प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बालबालिका समाजको भावि विकासकर्ता हुने भएको बताउँदै उहाँले बालबालिकाको सर्वाङ्गीण विकासका लाागी वडा सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रम वडाध्यक्ष पोख्रेलको अध्यक्षता, वडा सदस्य राम शंकर थारु, वडा सचिव अशोक कुमार चौधरी, बालमैत्री स्वयम् सेवक सन्चिता चौधरी, स्थानीय समाजसेवी अजय कुमार मिश्र, राम प्रसाद केवट लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।








