गृहपृष्ठ Featured अफ्रिकी मुलुक सेनेगलको एक अस्पतालमा आगलागी, ११ नवजात शिशुको मृत्यु

अफ्रिकी मुलुक सेनेगलको एक अस्पतालमा आगलागी, ११ नवजात शिशुको मृत्यु

अफ्रिकी मुलुक सेनेगलको एक अस्पतालमा भएको आगलागीमा ११ नवजात शिशुको जलेर मृत्यु भएको छ । सेनेगलको तीभाउवने शहरमा रहेको दवाख अस्पतालमा भएको आगलागीमा उनीहरूको मृत्यु भएको हो ।

भर्खरै सञ्चालनमा ल्याइएको अस्पतालमा विद्युत् सर्ट भई आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नवजात शिशुको कक्षबाट शुरु भएको आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । घटना लगत्तै अभिभावकहरूको रुवाबासी चलेको थियो ।

यसैबीच सेनेगलका राष्ट्रपति म्याकी सलले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

घटना लगत्तै ट्वीट गर्दै उहाँले देशकै इतिहासमा भएको यो दर्दनाक घटनाले मर्माहत तुल्याएको उल्लेख गर्नुभयो । -एजेन्सी

सम्बन्धित् समाचार