काठमाडौं : नेपाली यू-२० फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले टेक्निकल कमिटीको सिफारिसमा केसीलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।
शहीद स्मारक ए डिभिजन लिगमा केसीले यसअघि सातदोबाटो युथ क्लबलाई प्रशिक्षण दिएका थिए। यू(२० टोलीको प्रशिक्षकमा नियुक्त भएसँगै केसीले अब जुलाइ २५ देखि अगस्ट ३ सम्म भारतमा हुने यू(२० च्याम्पियनसिपमा केन्द्रीत हुने बताए। त्यसपछि एएफसी यू(२० एसियन कप छनोटको तयारी गर्ने बताए।
साफ यू(२० मा नेपालले जुलाई २५ मा माल्दिभ्स, जुलाइ २७ मा श्रीलंका तथा जुलाइ ३१ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, अगस्ट २ मा समूह चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ।
त्यस्तै, एएफसी यू-२० एसियन कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटान रहेको समूहमा छ। यो प्रतियोगिता सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ।








