गृहपृष्ठ flash जिसस कपिलवस्तुको निर्वाचनमा दुई प्यानल : कडा प्रतिस्पर्धा हुने

जिसस कपिलवस्तुको निर्वाचनमा दुई प्यानल : कडा प्रतिस्पर्धा हुने

कपिलवस्तु : कपिलवस्तुको जिल्ला समन्वय समिति निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले अन्य दलहरूको साथ लिएर छुट्टाछुट्टै प्यानल तयार गरेका छन् । निर्वाचनमा यी दुईको प्यानलबीच नै कडा प्रतिस्पर्धा हुने भएको छ । काँग्रेसले जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रलाई साथमा लिएको छ भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ ।

१० स्थानीय तह रहेको कपिलबस्तुमा जिसस चुनावका लागि २० मत छ । पालिकाका प्रमुख र उपप्रमुख यसका मतदाता रहने प्रावधान अनुसार काँग्रेस गठबन्धनसँग ११ मत छ भने एमाले गठबन्धनमा ९ मत रहेको छ ।

काँग्रेस गठबन्धनबाट प्रमुखमा काँग्रेसका ज्ञान बहादुर कार्की र उप प्रमुखमा जसपाका वीरेन्द्र प्रताप गडेरिया उम्मेदवार छन् । सदस्यहरूमा काँग्रेसबाट तीन जना र माओवादी २ जसपाबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेसका मनोहर धुनिया, सुनिता चमार, ताहिरा खातुन, माओवादीबाट सदस्यहरूमा मीना हरिजन, राजेन्द्र कुमार कुर्मी उम्मेदवार रहेका हुन् । यस्तै जसपाबाट सदस्यमा रामु अहिर र सन्ध्या पौडेल उम्मेदवार रहेका छन् ।

एमाले गठबन्धनबाट प्रमुखमा एमालेका बाबुराम आचार्य र उप प्रमुखमा लोसपाका रमेश कुर्मी उम्मेदवार छन् । यस्तै सदस्यहरूमा एमालेबाट सुमित्रा दमै, शकुन्तला भण्डारी, कमला पौडेल, यार महोम्मद उम्मेदवार छन् । राप्रपाबाट सदस्यमा राहुल हलुवाई, इन्द्रावती पासी र लोसपाबाट सदस्यमा राजु कलवारले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित् समाचार