गृहपृष्ठ Featured सैनामैनाको एक कपास उद्योगमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

सैनामैनाको एक कपास उद्योगमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

बुटवल : रुपन्देहीको सैनामैनामा रहेको एक कपास उद्योगमा आगो लागेको छ । अहिले आगोलाई नियन्त्रणमा लिने प्रयास जारी छ ।  सैनामैना नगरपालिका-६ कलौनी स्थित पुरानो बजार नजिक रहेको कपास उद्योगमा बिहान देखि आगो लागेको हो ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकल सहित ३ वटा दमकल प्रयोग भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना,जनप्रतिनिधि,नगर प्रहरी र स्थानियहरु घटना स्थल छन् ।

 

सम्बन्धित् समाचार