अशोक पौडेल
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ५ का वडा अध्यक्ष दुनिका भुसालले वडाबासीको चाहाना अनुसार निति तथा कार्यक्रम बनाउने बताएका छन । वडाबासीको आवश्यकतालाई मध्यनजर गर्दै वडाबासीकै इच्छा अनुसार आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रममा वडाबासीकै चाहाना अनुसार योजना ल्याउले भुसालले बताए ।
वैखरी मिडियासगं कुराकानी गर्दै अध्यक्ष भुसालले वडा नः ५ को बिकासलाई बिकासको मुलधारमा ल्याउन आफु निरन्तर लागी रहेको बताए । वडाबासीको समस्यालाई समाधान गर्ने र वडाबासीको दिनचर्यालाई सहजता होस भन्ने उदेश्यलेनै आफुले वडाबासीको इच्छा अनुसार बजेट ल्याउन लागेको बताएका छन ।








