गृहपृष्ठ Featured माधव नेपाललाई गोकुलको कटाक्ष : ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’

माधव नेपाललाई गोकुलको कटाक्ष : ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘माकुरी जालमा’ परेको टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएपछि नेता बास्कोटाले गएराति ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन्।

अध्यक्ष नेपालको निर्णय मन्त्रीहरूले नमानेकोतर्फ संकेत गर्दै उनले लेखेका छन्, ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्या’थ्यो। बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा!’

एकीकृत समाजवादीले बहालवाला मन्त्री फिर्ता गर्ने र नयाँ पठाउने निर्णय गरेको तीन साता बितिसके पनि कार्यान्वयन हुन छैन।

हेर्नुहोस् बास्कोटाको ट्वीट–

सम्बन्धित् समाचार