गृहपृष्ठ Featured बुढीगंगाको प्रमुख र उप्रमुखमा एमालेका राम बहादुर र माया कुमारी विजयी

बुढीगंगाको प्रमुख र उप्रमुखमा एमालेका राम बहादुर र माया कुमारी विजयी

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राम बहादुर बानियाँ विजयी भएका छन्। असार २३ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार श्री रंग बहादुर खातीलाई पराजित गर्दै बानियाँ प्रमुख बनेका हुन्। प्रमुखमा बानियाँले ४ हजार ७७७ मत ल्याउँदा खातीले ३ हजार ७७४ मत ल्याएका छन्।

उपप्रमुखमा पनि एमाले उम्मेदवार माया कुमारी खड्का (कुवँर) विजयी भएकी छिन्। उनले ४ हजार ७२७ मत ल्याउँदा कांग्रेसकी रिता शाही (शाह)ले ३ हजार ७६५५ मत ल्याइन्। १० वडा भएको नगरपालिकामा वडा १,२,३,५,६,९ र १० मा एमालेले जितेको छ भने वडा ४,७ र८ मा कांग्रेसले जितेको छ।

बैशाख ३० गते भएको निर्वाचनमा विवाद भएपछि सबै निर्वचान प्रक्रिया रद्द गरि बुढीगंगामा नयाँ निर्वाचन गरिएको थियो। कांग्रेस र एमाले कार्यकर्ताबिच झडप र बुथ कब्जाको आरोप लागेपछि त्यहाँ फेरि निर्वाचन गरिएको हो। असार २३ गते पनि केही मतदान केन्द्रमा विवाद भएको थियो। प्रहरीले हवाइ फायर गरेर अवस्था नियन्त्रणमा लिने प्रयास गर्नुपरेको थियो। पछि फेरि शान्तिपूर्वक मतदान सकिएको थियो।

सम्बन्धित् समाचार