गृहपृष्ठ Featured श्री मा.बि. ईमलियाको निमार्ण सम्पन्न ३ तले भवनको उद्घाटन

श्री मा.बि. ईमलियाको निमार्ण सम्पन्न ३ तले भवनको उद्घाटन

कपिलवस्तु : भारत सरकारको आर्थिक अनुदान, सहयोग तथा जिल्ला समन्वय समिति कपिलवस्तुको प्राबिधिक सहयोगमा ०७४ असार ३० गते निमार्ण सम्पन्न श्री मा.बि. ईमलिया कपिलवस्तुको भवन उदघाटन एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कपिलवस्तु जिल्ला क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्त, भारतिय दुतावासका प्रथम सचिव करुण बन्सल, जिल्ला समन्वय प्रमुख बावुराम आचार्य तथा बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठबाट ०७९ असार २४ गते उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

०७० असोजमा सम्झौता भई ०७४ असार ३० गते निमार्ण सम्पन्न तिन तले भवनमा २४ कोठा तथा छात्र/छात्रा शौचालय, भवनको गेट र बाउन्ड्रीवाल समेत भारत सरकारको सहयोगमा निमार्ण भएको छ । बिद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य बामदेव खनालको अध्यक्षता तथा स्वागत मन्तब्य रहेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक खगेश्वर खनाल र नगर प्रमुख केशव कुमार श्रेष्ठले फुलमाला एव खादाले अतिथीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्तले नेपाल भारतको सम्बन्ध ऐतिहासिक रहेको बताए । उनले भारतले नेपालको शिक्षा लगायतका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग प्राप्त हुने अपेक्षा गरे । यस्तै भारतिय दुतावासका प्रथम सचिव करुण बन्सलले नेपालको शिक्षा लगायत अन्य परीयोजनामा लगानी गर्न पाउनु भारतका लागि गर्वको बिषय रहेको बताउँदै आगामी दिनमा भारतले नेपालको बिकासमा थप लगानी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले आगामी दिनमा नेपाल पूर्वाधारको बिकासका लागि भारतको सहयोगको अपेक्षा गरे । बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकामा भारतको सहयोगमा दुई वटा बिद्यालय निमार्ण भएकोमा भारत सरकारलाई धन्यवाद दिए ।

निर्वतमान समन्वय प्रमुख नारायण प्रसाद खनालले भारतले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग रहने अपेक्षा ब्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले भवनको प्रतिवेदन पेश गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन जिल्ला समन्वयका कर्मचारी सुरेन्द्र प्रसाद वेल्वासेले गरेका थिए ।

सम्बन्धित् समाचार