गृहपृष्ठ Featured सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नति भएका ५७ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार एक समारोहबीच उनले बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

महानिरीक्षक अर्यालले संगठनमा खाली रहेका सबै पदमा तत्कालै बढुवा गर्ने गरी आफूहरू अगाडि बढिरहेको बताए । खाली पदहरू सीमित रहँदा सबैले एकैपटक पदोन्नति प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतको वृत्तिविकासका लागि कार्यसम्पादन मूल्यांकन प्रणालीलाई वस्तुपरक र वैज्ञानिक बनाउँदै लगिने उनको भनाइ थियो ।

महानिरीक्षक अर्यालले पदोन्नतिसँगै प्राप्त भएको दर्जाअनुरूपको कार्यसम्पादनमा पूर्ण व्यावसायिक भई क्रियाशील रहन अधिकृतहरूलाई निर्देशन पनि दिएका छन् ।

सम्बन्धित् समाचार