गृहपृष्ठ Featured पूर्वी नवलपरासीमा भन्सार छली ल्याएका ५४ लाखबराबरको अवैध सामान बरामद

पूर्वी नवलपरासीमा भन्सार छली ल्याएका ५४ लाखबराबरको अवैध सामान बरामद

पूर्वी नवलपरासीमा अवैध रूपमा भन्सार छली गरी ल्याएका ५४ लाखभन्दा बढीको सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार प्रहरीले बिनाबिलको चिनी र जेन्स सर्ट गरी ५४ लाख ३६ हजार ६ सय रुपैयाँबराबरको सामान बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु।२ख ६३७ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिनाबिलको एक हजार नौ सय १७ पिस जेन्स सर्ट र चार सय १८ बोरा चिनीसहित ट्रकलाई निन्त्रणमा लिएको हो ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय रुपन्देही पठाइएको एसपी महर्जनले बताए ।

सम्बन्धित् समाचार