गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा अब रगत सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

लुम्बिनी प्रदेशमा अब रगत सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुने गरी  प्रदेश सरकारले बिरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा निःशुल्क गर्ने व्यवस्था गरेको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले प्रदेश सरकार मातहत रहेका सबै अस्पतालमा  रगत निःशुल्क हुने बताए । उनले त्यसका लागि आवश्यक बजेट छुट्याइएको र सबै अस्पतालमा क्रमशः लागु हुने  बताए ।

 

लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसञ्चार केन्द्रबीच रगतका लागि लाग्ने सबै सेवा निःशुल्क गर्ने  सम्झौता भएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट संयोजक कृष्ण पङ्गेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित् समाचार